E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
बालेन र उपमेयर डंगोलबीच लामो समयपछि संवाद कार्यपालिका बैठक चाँडै बस्ने सहमति

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच लामो समयपछि बुधबार भेटवार्ता भएको छ। केही वडाध्यक्षहरूको समेत सहभागिता रहेको उक्त बैठकमा महानगरको काम कारबाही अगाडि बढाउने विषयमा छलफल भएको हो।
वडाध्यक्षका अनुसार वार्तामा आगामी कार्यपालिका बैठक छिट्टै बोलाउनेबारे प्रारम्भिक सहमति जुटेको छ। हिजो लामै बैठक भयो। उपप्रमुखले धेरै विषय उठाउनुभयो प्रमुखले पनि केही धारणा राख्नुभयो ती वडाध्यक्षले भने बजेटलाई लक्षित गरेर कार्यपालिका बैठक तत्काल राख्ने र अन्य विवाद क्रमशः मिलाउँदै लैजाने कुरा भएको छ।
यद्यपि कार्यपालिका बैठक कहिले बस्ने भन्ने मिति भने अझै तय भएको छैन। महानगरपालिकाभित्रको नेतृत्वबीच लामो समयदेखि देखिएको असमझदारीका बीच यो भेटलाई महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको छ।