E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

लम्किचुहामा सुरु भयो रातो ड्रागन फल खेती सम्भावनाको नयाँ सुरुवात

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा आज बिहान एक विशेष कार्यक्रमका बीच रातो ड्रागन फलको बिरुवा रोपण गर्दै कृषि क्षेत्रमा सम्भावनाको नयाँ अध्याय सुरु गरिएको छ। स्थानीय युवा, कृषक तथा सरोकारवाला निकायहरूको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा राजनीतिक व्यक्तित्व एवं समाजसेवी रङ्गनाथ ढकाल, दिलबहादुर साँउद तथा लम्किचुहा वडा नम्बर १ का वडा सदस्य सिद्धराज तिमिल्सैनाको विशेष उपस्थिति रहेको थियो।

रातो ड्रागन फल स्वास्थ्यवर्धक, पोषणयुक्त र बजारमा उच्च मूल्य पाइने फलको रूपमा चिनिन्छ। नेपालको सन्दर्भमा यो एक नविन र व्यावसायिक रूपमा सम्भावनायुक्त बाली हो। रोपण थालनीसँगै लम्किचुहालाई ड्रागन फल उत्पादनको सम्भावित केन्द्रको रूपमा अघि बढाउने लक्ष्य लिइएको छ।

प्रदेश सरकार र कृषि ज्ञान केन्द्र कैलालीको सहकार्यमा सुरु गरिएको यो पहलले स्थानीय कृषकलाई नयाँ प्रेरणा दिने विश्वास लिइएको छ। साथै यसबाट रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रमा टेवा र कृषि पेसाप्रतिको आकर्षण पनि बढ्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको समापनमा सहयोग पुर्‍याउने सम्पूर्ण पक्षप्रति आभार प्रकट गर्दै आगामी दिनमा ड्रागन फल खेतीलाई थप विस्तार गर्ने योजना सार्वजनिक गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!