E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
एसईईको नतिजा आजै सार्वजनिक हुने सम्भावना अपरान्ह ५ बजे बोर्ड बैठक बस्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) 2080 को नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ।बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनसम्बन्धी निर्णय गर्न आजै बोर्डको बैठक बस्ने तयारी छ। यद्यपि बैठकको समय भने निर्धारण भइनसकेको उनले जानकारी दिए। स्रोतका अनुसार अपरान्ह ५ बजे बैठक बसेर आजै नतिजा सार्वजनिक गर्ने सम्भावना रहेको छ।
चालु वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन गरिएको थियो। नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी परीक्षा दिएका थिए। नतिजा सार्वजनिक भएलगत्तै अनलाइन, एसएमएस र अन्य माध्यमबाट विद्यार्थीहरूले नतिजा हेर्न सक्ने व्यवस्था गरिएको बोर्ड स्रोतले जनाएको छ।