E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

पतनञ्जली जग्गा प्रकरणमा माधव कुमार नेपाल विशेष अदालतमा उपस्थित

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल पतञ्जली जग्गा प्रकरणसम्बन्धी मुद्दामा बयान दिन विशेष अदालतमा उपस्थित भएका छन्। उनी बुधबार विशेष अदालत, काठमाडौंमा हाजिर भएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनाविरुद्ध पतञ्जली आयुर्वेदसँग सम्बन्धित जग्गा प्रकरणमा जेठ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले नेपालमाथि सरकारी पद दुरुपयोग गरी नियमविपरीत जग्गा स्थानान्तरणमा संलग्न भएको आरोप लगाएको छ।

अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको बिगो माग गर्दै सोही बराबरको जरिवाना र कैद सजाय मागदाबी गरेको छ। यो मुद्दामा नेपालसहित पूर्वभूमि व्यवस्था मन्त्रीहरु भू–सम्पत्ति विभागका तत्कालीन प्रमुख तथा विभिन्न सरकारी कर्मचारीहरूमाथि पनि अभियोग लगाइएको छ।

विशेष अदालतमा बयानपछि माधव नेपालले कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन्। यता नेकपा एकीकृत समाजवादीले भने यो मुद्दालाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भन्दै विरोध जनाउँदै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!