बाराको एसईई नतिजा नाजुक मात्र ३४% विद्यार्थी उत्तीर्ण

बारा – राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजाले बारा जिल्लाको शैक्षिक अवस्था गम्भीर देखाएको छ। जिल्लाबाट परीक्षा दिएका परीक्षार्थीहरूमध्ये मात्र ३४ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन्।
कम उत्तीर्ण प्रतिशतले जिल्लाको शैक्षिक गुणस्तर शिक्षण पद्धति तथा विद्यार्थीहरूको तयारीप्रति गम्भीर प्रश्न उठाएको छ। शिक्षाविद्हरूले यसको प्रमुख कारण अध्यापनको प्रभावकारिता विद्यार्थीको नियमितता सिकाइ वातावरणको कमजोरी तथा अभिभावकको चासो अभावलाई मानेका छन्।
यस नतिजाबाट जिल्लाभरका विद्यालय, शिक्षक, अभिभावक र नीतिनिर्माताहरूले गम्भीर आत्ममूल्यांकन गर्नुपर्ने आवश्यकता देखिएको छ। जिल्लामा शैक्षिक सुधारका कार्यक्रमहरू तत्काल आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।
उक्त परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीहरूका लागि ग्रेड वृद्धि परीक्षा यहीँ साउन २९ गते हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।