E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार
रास्वपाले रुपन्देही-३ उपनिर्वाचनका लागि उम्मेदवारमा आवेदन आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न आवेदन आह्वान गरेको छ।
पार्टी सचिवालयको हालै सम्पन्न बैठकले उम्मेदवार छनोट कार्यविधि स्वीकृत गर्दै राय संकलनका लागि केन्द्रीय समिति सदस्यहरूलाई प्रक्रिया पठाइएको प्रवक्ता मनीष झाले जानकारी दिए। उनका अनुसार इच्छुक व्यक्तिहरूबाट प्राप्त आवेदनको मूल्यांकन गरेर तोकिएको कार्यविधिअनुसार उम्मेदवार छनोट प्रक्रिया अघि बढाइनेछ।
साथै उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्ने जिम्मेवारी रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्यलाई दिने निर्णय पनि बैठकले गरेको छ।
यसअघि यो क्षेत्र प्रतिनिधिसभा सदस्य रहेका स्व. दुलालचन्द्र खरेलको निधनपछि रिक्त भएको हो। उपनिर्वाचनको मिति घोषणा भएसँगै रास्वपाले तयारी तिव्र बनाएको छ।