E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

चितवनको त्रिशूली नदी किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला

चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदी किनारमा बिहीबार बिहान एक पुरुषको शव फेला परेको छ। करिब ४५ देखि ५० वर्ष उमेरको देखिने शवको केही अंगहरू नदेखिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएपछि इलाका प्रहरी कार्यालय मुग्लिनको टोली घटनास्थलमा पुगेर शवलाई आवश्यक प्रक्रिया पूरा गरी भरतपुर अस्पतालतर्फ पठाइएको छ।

प्रहरीका अनुसार मृतकको पहिचान खुल्न नसकेको भए पनि २४ असारमा रसुवामा आएको बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूमध्ये कुनै एकको शव हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!