E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

धनगढीमा पानी जमेको खाल्डोमा डुबेर ८ वर्षीय बालकको मृत्यु

धनगढी – धनगढी उपमहानगरपालिका–१२ स्थित सि गाउँमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको ज्यान गएको छ।

स्थानीय राजु श्रेष्ठका ८ वर्षीय छोरा शिद्धार्थ श्रेष्ठ पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेका थिए। डुबेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो।

तर चिकित्सकले परीक्षणपछि शिद्धार्थलाई मृत घोषणा गरेका छन्। स्थानीयवासीले सडक वा निर्माणस्थलमा पानी जम्ने खाल्डो खुला राख्दा यस्ता दुर्घटना बढ्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!