Nepalखेलदेशशीर्ष समाचारसंसार

प्रधानमन्त्री ओलीको भनाइ: ‘नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा परिचित हुँदै’

नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा परिचित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेलकुद क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन थालेको बताएका छन्। राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताए। उनले पलेसा गोवर्धनले पारा ओलम्पिकमा कांस्य पदक जित्नु खेलकुदको क्षेत्रमा एक महत्वपूर्ण कोशेढुंगा सावित भएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले पलेसालाई प्रदान गरिने ६५ लाख रुपैयाँ पुरस्कार कर नकटाइ छिट्टै दिइने र पुरस्कार घोषणा भएर पनि प्राप्त नहुने प्रचलन अब अन्त्य हुने स्पष्ट पारे। उनले नेपाली खेलाडीहरूलाई हौसला दिँदै भने, “मौका पाएपछि नेपालीले गर्न सक्छ भनेर मैले सधैं भन्दै आएको छु। हामीले नयाँ-नयाँ सफलता र कीर्तिमान (रेकर्ड) कायम गर्नुपर्छ र पुराना रेकर्डहरू तोड्दै जानुपर्छ।”

प्रधानमन्त्री ओलीले आगामी जापानको ओलम्पिक खेल र एसियन गेमलाई नेपालका खेलाडीहरूको लक्ष्यको रूपमा लिनुपर्ने बताएका छन्। त्यसका लागि आवश्यक तयारी, तालिम, र अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

उनले खेल क्षेत्रका संस्थाहरूलाई लोकतान्त्रिक रूपमा चलाइनुपर्ने, विधागत विकास र उन्नतिको सट्टा व्यक्तिगत स्वार्थका लागि कब्जा जमाइ राख्ने प्रवृत्ति उचित नहुने पनि प्रष्ट पारे।

कार्यक्रममा प्रधानमन्त्री ओलीले यो वर्ष उत्कृष्ट खेलाडीहरूलाई सम्मान पनि वितरण गरेका थिए।

प्रधानमन्त्रीले नेपालको खेल क्षेत्रको विकास र अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन सकिने विभिन्न उपायहरूबारे आफ्नो धारणा राख्दै शुभकामना व्यक्त गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!