देशशीर्ष समाचारस्थानीय समाचार
दाङमा मोटरसाइकल ठोक्किँदा २२ वर्षीय विवेक सुवेदीको मृत्यु

दाङमा भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृतक तुलसीपुर उपमहानगरपालिका–६, गाइडहरका २२ वर्षीय विवेक सुवेदी रहेका छन्।
दुर्घटना घोराही उपमहानगरपालिका–१६, गुर्जे खोलामा भएको हो। घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ।