E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

मुग्लिन–नारायणगढ सडकमा ट्रक दुर्घटना चालकको मृत्यु, सहचालक घाइते

आज बिहान साढे ६ बजे मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानबाट एक कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी सहचालक घाइते भएका छन्।

प्रहरीका अनुसार, बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा ट्रक चालक रौतहटका ३०/३५ वर्षीय रामनारायण यादवको घटनास्थलमै मृत्यु भएको र सहचालक १९ वर्षीय असुन्द्र कुमार यादव घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ।

दुर्घटनापछि ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको र ट्रक पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। घाइते सहचालकलाई उपचारको लागि अस्पताल पठाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!