E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

हेटौंडामा देवरको खुकुरी प्रहार, भाउजुको हत्या

हेटौंडा–१ चौकीटोलमा एक दर्दनाक घटना घटेको छ। आफ्नै देवरको खुकुरी प्रहारबाट ३५ वर्षीया गुडिया दासको मृत्यु भएको छ। घटना बुधबार राति ९ बजे घटेको हो।

गुडिया आफ्नै घरको दोस्रो तलामा मृत फेला परेकी थिइन्। प्रहरीका अनुसार उनको टाउकोमा गहिरो चोट लागेको थियो। घटनास्थलबाट खुकुरी बोकेका २३ वर्षीय देवर राहुल दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

राहुलले आफ्नो माइलो दाजु २८ वर्षीय रूपेश दासलाई पनि खुकुरी प्रहार गरेका छन्। रूपेशको टाउको, हात र करङमा चोट लागेको छ, र उनको अस्पतालमा उपचार भइरहेको छ।

मृतक गुडियाका श्रीमान् रोशन दास रोजगारीको सिलसिलामा विदेशमा रहेका छन्। अनुसन्धानका क्रममा राहुलले भाउजुको हत्या र दाजुमाथि खुकुरी प्रहार गरेको स्वीकार गरेको मकवानपुर प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताएका छन्।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!