E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

रास्वपाको आकस्मिक सचिवालय बैठक

काठमाडौं, २९ मार्च – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आकस्मिक सचिवालय बैठक बोलाएको छ। बैठक बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने जानकारी पार्टीले सार्वजनिक गरेको छ।

बैठकमा हालैको राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्ययोजनासम्बन्धी छलफल हुनेछ। विशेषगरी, शुक्रबारको राजावादी प्रदर्शनका क्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारको गाडीमा भएको आगजनीको घटनाबारे पनि छलफल हुने अपेक्षा गरिएको छ।

रास्वपाले बैठकमा राजनीतिक परिस्थितिका बारेमा गम्भीर समीक्षा गर्ने र आगामी कदमका बारेमा निर्णय लिने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!