E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
तिनकुने अराजक गतिविधिमा संलग्नताको आरोपमा धार्मिक अभियन्ता पुष्कर खतिवडा पक्राउ

काठमाडौं, २९ मार्च – धार्मिक अभियन्ता र सामाजिक सञ्जालमा चर्चित ज्योतिष पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शुक्रबार काठमाडौंको इमाडोलस्थित आफ्नो निवासबाट नियन्त्रणमा लिइएको हो।
काठमाडौं प्रहरी परिसरले पुष्टि गरेको छ कि, उनलाई तिनकुने क्षेत्रमा भएको अराजक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो।
पक्राउ परेपछि पुष्कर खतिवडाले सामाजिक सञ्जालमार्फत आफ्नो अवस्थाबारे जानकारी दिँदै लेखेका छन्, “मलाई भर्खरै महाराजगञ्ज प्रहरी वृत्तमा ल्याइएको छ। देशका लागि शुभकामना।”
प्रहरी स्रोतका अनुसार, पुष्कर खतिवडालाई घटनासँगको जडानको आधारमा नियन्त्रणमा लिइएको हो र अनुसन्धान जारी रहेको छ।