E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलमान घिसिङको बर्खास्तीको निर्णयलाई गल्ती बताए

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीको निर्णयलाई गल्ती भन्दै सरकारको आलोचना गरेका छन्। उनले सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै भने, “कुलमान घिसिङलाई बाँकी समय काम गर्न दिनुपथ्र्यो। हामी सत्तारुढ दलका रूपमा पनि यो निर्णय सही नभएको कुरा भनिरहेका छौं।”

महामन्त्री शर्माले यो निर्णय सरकारको गलत कदम भएको भन्दै, “सरकारले घिसिङलाई हटाएर गल्ती गरेको छ,” भनेका थिए। यसअघि पनि उनले घिसिङको बर्खास्तीको विरोध गर्दै उक्त निर्णय गलत भएको बताएका थिए।

त्यसपछि उनले प्रश्न उठाउँदै भने, “यो विषय अहिले अदालतमा विचाराधीन छ भने, प्रतिपक्षीले समय माग्न सक्ने कारण के हो? सभामुखले समय किन दिनुभयो? र प्रधानमन्त्रीले अदालतमा विचाराधीन विषयमा सदनमा जवाफ किन दिनुभयो?” महामन्त्री शर्माले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल गर्नु उपयुक्त नहुने तर्कसमेत गरेका छन्।

यस विषयमा अदालतको निर्णयप्रति सम्मान जनाउन र विचाराधीन मुद्दामा छलफल नगर्नुपर्ने कुरामा उनले जोड दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!