E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

नेपाल पत्रकार महासंघको टोलीले गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझायो

नेपाल पत्रकार महासंघको टोलीले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाएको छ। महासंघका महासचिव रामप्रसाद दाहाल सहित ८ जनाको संयुक्त टोलीले १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निशाना बनाइएको घटनामा सरकारको ध्यानाकर्षण गराउँदै सत्यतथ्य छानबिन गरी आवश्यक कारवाही गर्न गृहमन्त्रीलाई पत्र बुझाएको हो।

गृहमन्त्री रमेश लेखकले उक्त घटनालाई अराजक र हिंस्रक भन्दै सरकार यस विषयमा गम्भीर रहेको बताए। उनले भने, “तीनकुनेमा भएको अराजक भिडको कुनै निश्चित वाद वा सिद्धान्त थिएन, मात्र अपराधिक कार्य गर्ने उद्देश्य थियो। विध्वंस मच्चाउने झुण्डले उग्रता देखायो र यसको मार पत्रकारलाई पर्न गयो।”

गृहमन्त्री लेखकले सरकारले उक्त घटनाको सत्यतथ्य छानबिन गर्दै दोषीमाथि कडा कारवाही गर्ने आश्वासन दिए। उनले ज्यान गुमाएका पत्रकार सुरेश रजक र घाइते पत्रकारहरुको बारेमा पनि सरकार गम्भीर भएर समाधान खोजिरहेको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!