E-PaperNepalराजनीतिशीर्ष समाचारस्थानीय समाचार

दलितका लागि दलित अभियानको प्रदर्शन: संविधानले गरेका व्यवस्थाहरूको कार्यान्वयनको माग

काठमाडौं, नेपाल – संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा ‘दलितका लागि दलित अभियान, नेपाल’ ले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको छ। यस अभियानले दलित समुदायका लागि संविधानमा उल्लेख गरिएको अधिकार र व्यवस्थाहरूको कार्यान्वयन नगर्ने कुरामा गम्भीर चिन्ता व्यक्त गरेको छ।

प्रदर्शनमा देशका विभिन्न भागबाट आएका सहभागीहरूले राजनीतिक नियुक्ति र सरकार गठनमा दलित समुदायको अनुपस्थितिलाई लिएर आवाज उठाएका छन्। उनीहरूले भनेका छन् कि पछिल्लो मन्त्रिपरिषद् गठनमा दलितलाई समावेश नगरी असमावेशी र निर्णयहरू गरिएका छन्। उनीहरूले डेढ दर्जन राजदूतको नियुक्तिमा पनि समानुपातिक प्रतिनिधित्वको खड्को अभाव रहेको बताए।

प्रदर्शनमा सहभागी युवा कार्यकर्ताहरूले जातीय भेदभाव र छुवाछूत हटाउन प्रभावकारी कानुन र नीति कार्यक्रम ल्याउन माग गर्दै विभिन्न प्ले-कार्डसहित र्‍याली निकालेका थिए। “दलितलाई खै?” भन्ने नाराले प्रदर्शनमा थप तिव्रता थपेको थियो।

अभियानका संयोजक खगेन्द्र सुनारले करिब एक महिनादेखि माइतीघर मण्डलामा नेल लगाएर प्रदर्शन गर्दै आएका छन्। उनले दलित समुदायका लागि विशेष ध्यान दिनु पर्ने र उनीहरूको हक र अधिकारको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन्।

यो प्रदर्शनले दलित समुदायको मुद्दालाई थप प्राथमिकता दिन सरकार र समाजको ध्यानाकर्षण गराउने उद्देश्य राखेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!