E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

काठमाडौं जिल्ला अदालतले राप्रपा नेता र सांसदलाई थप ६ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर जबरासहित ४१ जनालाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ। यी व्यक्तिहरूलाई आपराधिक उपद्रव र संगठित अपराधको मुद्धामा पक्राउ गरिएको थियो।

न्यायाधीश तारादेवी महर्जनको इजलासले बुधवार उनीहरूलाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन्।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलनको क्रममा तोडफोड र आगजनी भएको थियो, जसमा रवीन्द्र मिश्र र धवलशमशेर जबरा समेत संलग्न थिए। प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो, तर उक्त घटनाका मुख्य योजनाकार दुर्गा प्रसाई भने फरार रहेका छन्।

अदालतको निर्णयपछि अब प्रहरी यस घटनामा थप अनुसन्धान अघि बढाउने तयारीमा छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!