E-PaperNepalअपराधशीर्ष समाचारसंसार

पूर्व डीआईजी छविलाल जोशीलाई सहकारी रकम अपचलन प्रकरणमा ५ दिनको हिरासत म्याद थप

पोखरा: सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक र पूर्व डीआईजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको छ।

जज चन्द्रकान्त पौडेलको इजलासमा यो निर्णय लिइएको हो, जहाँ जोशीलाई हिरासतमा राख्ने र अनुसन्धानको विषयमा बहस गरिएको थियो। उनलाई ६५ करोड रुपैयाँभन्दा बढी रकम अपचलनमा संलग्नताको आरोपमा काठमाडौंबाट पक्राउ गरिएकी थिइन।

जोशीलाई आइतबार पोखरा ल्याइँदै जिल्ला अदालत कास्कीमा सोमबार उपस्थित गराइएको थियो। सहकारी संस्था बचत रकमको दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले जोशीसहितका व्यक्तिहरूलाई कानूनी कारबाहीका लागि सिफारिस गरेको थियो, जसको आधारमा जोशीलाई पक्राउ गरिएको हो।

पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रुपैयाँ गएको देखिएको छ। यस घटनाबारे कास्कीमा जाहेरी परेपछि जोशीलाई अनुसन्धानका लागि पोखरा ल्याइएको हो।

अदालतमा म्याद थपका क्रममा सहकारी पीडितहरूले पनि उपस्थिती जनाए। यसैबीच, पीडितहरूले रवि लामिछानेलाई पनि पक्राउ गरी अनुसन्धानमा ल्याउन माग गर्दै प्रदर्शन गरेका थिए।

सहकारी पीडित र रास्वपाका नेता कार्यकर्ता बीच केही समय तनावपूर्ण स्थिति पनि सिर्जना भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!