E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

काठमाडौं महानगरपालिकाले कुकुर र बिरालालाई दर्ता गरी मात्र पाल्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले कुकुर र बिरालालाई दर्ता गरेर मात्र पाल्न अनुरोध गरेको छ। महानगरपालिकाका अनुसार, कुकुर र बिरालाका बारेमा चोरी, हराउनु र छाडा छोडिने जनगुनासो बढिरहेको कारणले कुकुर र बिरालालाई माइक्रोचिप लगाई दर्ता गर्नुपर्ने आवश्यकता देखिएको हो।

महानगरपालिकाले आफ्ना कुकुर र बिरालोलाई सम्बन्धित वडा कार्यालयमा दर्ता गराउन आग्रह गर्दै, यसरी दर्ता गरिएको कुकुर र बिरालामा माइक्रोचिपको व्यवस्था अनिवार्य बनाएको छ।

त्यसैगरी, काठमाडौं महानगर क्षेत्र वा क्षेत्रभित्र कुकुर र बिरालो बिक्री वितरण गर्ने व्यक्ति वा संस्थाले पनि अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर मात्र कुकुर र बिरालो बिक्री गर्नुपर्ने कुरा पनि महानगरपालिकाले स्पष्ट पारेको छ।

यो निर्णयले कुकुर र बिरालाको व्यवस्थापनलाई थप व्यवस्थित र सुरक्षित बनाउने उद्देश्य राखेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!