E-Paperदेशधर्मशीर्ष समाचारस्थानीय समाचार
गढी स्थित जगतपति जगन्नाथ बाबा मन्दिरमा चैत २९ गते भव्य मेला

गढी स्थित जगतपति जगन्नाथ बाबा मन्दिरमा आगामी चैत महिनाको २९ गते पूर्णिमाको दिन भव्य मेला लाग्ने भएको छ। यस विशेष अवसरमा मन्दिरमा श्रद्धालु भक्तजनहरूको भीड लाग्ने र लाखौं भक्तजनहरूले भगवान जगन्नाथको दर्शन र आशीर्वाद प्राप्त गर्ने अवसर पाउनेछन्।
मेला अवधीमा, देश-विदेशका भक्तजनहरूले मन्दिरमा पूजा अर्चना गर्न र भगवान जगन्नाथका दर्शन गर्न विशेष आकर्षण देखाउनेछन्। मन्दिर परिसरलाई विशेष रूपमा सजाई, भव्य जात यात्रा समेत आयोजना गरिने छ, जसमा भक्तजनहरू श्रद्धा र भक्तिभावका साथ सहभागिता जनाउनेछन्।
मन्दिर प्रशासनले यस मेलामा आस्था र धार्मिक भावनासहित उपस्थित हुने सबै भक्तजनलाई स्वागत गरेको छ। साथै, यो मेला सबैका लागि खुशी र समृद्धि ल्याउने विश्वास व्यक्त गरिएको छ।