E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
काठमाडौंमा आज तीन स्थानमा प्रदर्शन

आज काठमाडौंका तीन स्थानमा प्रदर्शन हुने भएको छ।
मंगलवार, राप्रपा, नेपाल शिक्षक महासंघ, र सहकारी तथा लघुवित्त पीडितहरूले काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्नेछन्।
राप्रपाले बल्खुमा विरोध कार्यक्रम आयोजना गर्ने छ भने, नेपाल शिक्षक महासङ्घले माइतीघर मण्डलामा भेला भएर बानेश्वर र माइतीघर सडक खण्डको बीचमा कार्यक्रम गर्ने तयारी गरेको छ। त्यस्तै, सहकारी र लघुवित्त पीडितहरूले शान्तिवाटिकामा कार्यक्रम गर्नेछन्।
प्रहरीले सवारी आवागमनलाई सहज बनाउन आवश्यकताअनुसार सवारीसाधनलाई डाइभर्सनको व्यवस्था मिलाउने जनाएको छ।