E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

ताराखोला गाउँपालिकाका वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा भेटिए

ताराखोला गाउँपालिका वडा नम्बर-३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी बुधबार बिहान मृत अवस्थामा भेटिएका छन्। ५० वर्षीय भण्डारी काँक्राखोर बस्ने स्थानका निवासी थिए र उनी आफ्नै घरदेखि ५० मिटर उत्तरमा रहेको गोठमा झुन्डिएको अवस्थामा भेटिएका छन्।

घटना थाहा पाएपछि इलाका प्रहरी कार्यालय ताराखोला प्रहरी टोलीको नेतृत्वमा प्रहरी नायब निरीक्षक विष्णुप्रसाद शर्माले घटनाको अनुसन्धान सुरु गरेका छन्।

प्रहरीका अनुसार, पोस्टमार्टमको प्रक्रिया पूरा भएपछि शव परिवारलाई हस्तान्तरण गरिने छ।

कर्णबहादुर भण्डारी गत स्थानीय निर्वाचनमा माओवादी पार्टीबाट निर्वाचित भएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!