E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

रास्वपाले रवि लामिछानेको पक्राउबारे मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती र मानव अधिकार उल्लङ्घन गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझाएको छ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी लगायतका नेताहरूले आज आयोगका आयुक्तलाई भेटेर उक्त घटनाबारे जानकारी दिँदै ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा लामिछानेको जीउज्यान र मानव अधिकारको रक्षार्थ तत्काल समन्वय गर्न माग गरिएको छ।

ज्ञापनपत्रमा भनिएको छ कि, लामिछानेलाई पक्राउ गर्दा प्रहरीद्वारा अस्वाभाविक र अशोभनीय व्यवहार गरिएको छ। आरोप छ कि प्रहरीको दुव्र्यवहार र अनुमतिविनै घरमा प्रवेश गर्दै शयन कक्षमा पुगेर धरपकड गरेको थियो। रास्वपाले घटनाको आवश्यक छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेको छ।

साथै, गत शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेशलाई उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो। सो आदेश पछि प्रहरीले लामिछानेलाई घरबाटै पक्राउ गरेको थियो। लामिछानेलाई एक दिन काठमाडौँ र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर सोमवार कारागार चलान गरिएको थियो।

रास्वपा पार्टीले मानव अधिकार उल्लङ्घनको विरोध गर्दै रवि लामिछानेको गिरफ्तारीको मुद्दामा न्यायका लागि छानबिन र उचित कारबाहीको माग राख्दै आफ्नो विरोध जारी राखेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!