E-Paperखेलदेशशीर्ष समाचारस्थानीय समाचार

कुशल भुर्तेलको विस्फोटक पारिसहित नेपालले कुवेतलाई ६ विकेटले पराजित गर्‍यो

हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत कुवेतविरुद्धको दोस्रो खेलमा नेपालले ६ विकेटको सानदार जित हात पारेको छ। ओपनर कुशल भुर्तेलको विस्फोटक पारिले नेपालको जितमा महत्वपूर्ण भूमिका खेलेको हो।

नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि कुवेतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो। जवाफमा नेपालले १८.५ ओभरमा मात्र ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

नेपालका ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ८१ रनको शानदार इनिङ खेले। अर्का ओपनर आशिफ शेखले पनि ५३ रनको योगदान दिए। दुबैले पहिलो विकेटका लागि १२७ रनको ठोस साझेदारी गर्दै जितको बलियो आधार तयार गरे।

मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रनको तेज पारि खेलेर खेललाई नेपालतर्फ मोडे। कुशल मल्ल ४ रनमा आउट भए भने गुल्सन झाले ९ रन बनाएर कप्तान रोहित पौडेल (४ रन) सँग नटआउट रहे।

बलिङतर्फ नेपालका लागि प्रभावकारी प्रदर्शन भए पनि कुवेतका ब्याट्सम्यानहरूले आक्रामक खेल प्रस्तुत गर्दै उच्च स्कोर खडा गरेका थिए। तर नेपाली ब्याट्सम्यानको संयमित र आक्रामक खेलले लक्ष्य सहजै पार गरियो।

यो जितसँगै नेपालले सिरिजमा बलियो पुनरागमन गरेको छ। यसअघि पहिलो खेलमा नेपाल पराजित भएको थियो। अब नेपालले आफ्नो तेस्रो खेल हङकङविरुद्ध खेल्नेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!