E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

बनेपाबाट पाँच किलो पोलाइण्डसहित दुई जना पक्राउ

काभ्रे — सशस्त्र प्रहरीले काभ्रेको बनेपाबाट पोलाइण्ड नामक लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–६ का २८ वर्षीय अमृत भण्डारी र नगरपालिका–४ का ३० वर्षीय श्रीकृष्ण सत्याल रहेका छन्।

सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरो र सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेले संयुक्त रुपमा उनीहरूलाई बनेपा–८ स्थित बसपार्क क्षेत्रको सेकुवा सेन्टर तथा नेवारी खाजाघरबाट पक्राउ गरेको हो।

प्रहरीले उनीहरूले प्रयोग गरेको बा ३८ प १४८१ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ। नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीको लागि स्थानीय प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यसअघि पनि सशस्त्र प्रहरीले चैत १४ गते काठमाडौंको सिनामंगलबाट ७ किलोग्राम, फागुन १ गते जोरपाटीस्थित नयाँबस्तीबाट, र भदौ २२ गते कोटेश्वरबाट पाँच किलोग्राम पोलाइण्डसहित गरी पाँच जनालाई पक्राउ गरिसकेको थियो।

लागुऔषधको कारोबार र ओसारपसारमा संलग्न व्यक्तिहरूविरुद्ध निगरानी र नियन्त्रण कडा पारिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!