E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

म्याग्दीमा बोलेरो मर्मत गर्ने क्रममा च्यापिएर एक युवाको मृत्यु

म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–३ स्थित ताकम–मच्छिम–मुना सडकअन्तर्गत उत्तिसिनेमा आज दिउँसो बोलेरो जिप मर्मत गर्ने क्रममा एक युवकको ज्यान गएको छ।

धवलागिरि–३ मुनाका अन्दाजी २६ वर्षीय रोहित शेरपुञ्जाको सडक छेउमा रोकिराखिएको ग १ ज ७०४९ नम्बरको बोलेरो जिपको पछाडि भागले च्यापिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक सागर पौडेलका अनुसार गाडी मर्मत गर्ने क्रममा लच्किएको बोलेरोले शेरपुञ्जाको शरीरको कम्मरमा च्यापेको थियो। शेरपुञ्जा मर्मतसम्बन्धी कार्यमा संलग्न थिए।

घटनाको खबर पाएपछि ताकम प्रहरी चौकीको टोली तत्काल घटनास्थलमा पुगेको छ भने जिल्ला प्रहरी कार्यालयबाट पनि थप अनुसन्धान टोली त्यसतर्फ गइसकेको जानकारी प्राप्त भएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!