E-PaperNepalदेशस्थानीय समाचार

नेपालमा वर्षाका कारण बाढी र पहिरोले १४ जनाको ज्यान गुमायो, कैयौँ बेपत्ता

काठमाडौं : देशका अधिकांश स्थानमा भइरहेको वर्षाका कारण आएको बाढी पहिरोले जनधनको धेरै नै क्षति भएको छ।

प्रारम्भिक विवरण अनुसार अहिलेसम्म १४ जनाको ज्यान गएको छ भने कैयौँ बेपत्ता भएका छन्। वर्षाले ९८ भन्दा धेरै स्थानमा चेतावनीको तह पार गरेको छ। वर्षासँगैको बाढीले इलाममा एक जनाको ज्यान गएको छ।

भक्तपुरको पलासेँ र आशापुरीमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी राशनीकुमारी श्रेष्ठले जानकारी दिनुभएको छ। यस्तै धादिङको मलेखु खोला नजिकै ढुंगाको ओत लागेर बसेका दुई जनालाई पहिरोले पुर्दा बेपत्ता भएका छन्। खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छन्।

यस्तै काभ्रेमा पहिरोमा पुरिएर ४५ वर्षीय प्रेमबहादुर बाइवाको मृत्यु भएको छ। यस्तै झापाको जमुना खोलाले बगाउँदा एक जना र दार्चुलामा महाकाली नदीले बगाउँदा एक जना बेपत्ता भएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!