E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

दुर्गा प्रसाईं तीनकुने घटनापछि काठमाडौं ल्याइयो

काठमाडौं – तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि फरार रहेका दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले भारतको आसामस्थित गुवाहाटीबाट नियन्त्रणमा लिई शुक्रबार काठमाडौं ल्याएको छ।

प्रहरी स्रोतका अनुसार उनलाई बिहान गुवाहाटीबाट झापा ल्याइएकै दिन चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं पुर्‍याइएको हो। झापाको जिल्ला प्रहरी कार्यालयमा केहीबेर राखेर उनलाई विमानस्थल पुर्‍याइएको थियो। प्रहरीको कडाईबीच विमानस्थलसम्म हतकडी लगाइ पुर्‍याइए पनि विमान चढेपछि हतकडी खोलिएको थियो भने काठमाडौं ओर्लिएपछि पुनः लगाइएको थियो।

प्रसाईं भारतमा लुकेर बसेको सूचना पाएपछि नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो। यद्यपि, प्रहरीले भने उनलाई झापाको भद्रपुरबाट पक्राउ गरिएको दाबी गरेको छ।

विमान चढ्ने क्रममा प्रसाईंले आफैंले पक्राउ परेको बताएका थिए।

प्रसाईंलाई आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थप्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। अहिले अनुसन्धानका लागि आवश्यक कागजात तयार पारिँदैछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!