E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

सुदूरपश्चिम लोकसेवा आयोगको विज्ञापनमा थारू समुदायका लागि आरक्षण

धनगढी – सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले उपसचिव र अधिकृत सातौं तहका पदहरूमा खुला तथा बढुवा प्रतिस्पर्धात्मक परीक्षाका लागि विज्ञापन प्रकाशित गरेको छ। यसपटक आयोगले पहिलोपटक थारू र राना थारू समुदायका लागि छुट्टै कोटा राखेर विज्ञापन खुलाएको हो।

आयोगले लेखा समूहअन्तर्गत उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनबाट २ जना तथा कार्यक्षमता मूल्यांकनका आधारमा ३ जनालाई बढुवाको लागि दरखास्त आह्वान गरेको छ। त्यस्तै, खुला तथा समावेशी प्रतिस्पर्धाबाट ४ पदमा दरखास्त मागिएको छ।

अधिकृत सातौं तहतर्फ लेखा र शिक्षा सेवामा अप्राविधिकतर्फ ११ जना (ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन), १४ जना (कार्यक्षमता मूल्यांकन) र प्राविधिकतर्फ १ जनाको लागि विज्ञापन प्रकाशित गरिएको छ।

त्यस्तै, आन्तरिक, अन्तर तह, खुला तथा समावेशी प्रतिस्पर्धाबाट अप्राविधिकतर्फ ३९ पदमा दरखास्त मागिएको छ, जसमा थारू र राना थारू समुदायका लागि २ कोटा छुट्याइएको आयोगले जनाएको छ। प्राविधिकतर्फ भने ८ पदमा विज्ञापन खोलिएको छ।

दरखास्त दिने अन्तिम म्याद २०७८ वैशाख २० सम्म तोकिएको छ भने दोब्बर दस्तुर तिरेर वैशाख २७ सम्म आवेदन दिन सकिनेछ। परीक्षा केन्द्र धनगढी, कैलालीमा रहनेछ।

आयोगका सचिव वसन्तप्रसाद कोइरालाका अनुसार, प्रदेश निजामती सेवा ऐन तथा नियमावली अनुसार थारू समुदायका लागि १३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!