E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
बाजुरा क्याम्पसमा चार तले प्रशासनिक भवनको शिलान्यास

बाजुरा – सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस, बाजुरामा निर्माण हुने प्रशासनिक भवनको शिलान्यास गरिएको छ। सोमबार एक कार्यक्रमबीच विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तले भवनको शिलान्यास गरेका हुन्।
चार तले हुने उक्त भवनको निर्माण सुदूरपश्चिम विश्वविद्यालयको लगानीमा हुन लागेको हो। क्याम्पस प्रमुख रुपबहादुर रौलका अनुसार भवन निर्माणमा करिब ४ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
भवन निर्माणको जिम्मा बेतालमाडौं शिवम जेभीलाई दिइएको छ। ठेक्का सम्झौता सम्पन्न भइसकेको क्याम्पस प्रशासनले जनाएको छ। भवन सम्पन्न भएपछि क्याम्पसको शैक्षिक तथा प्रशासनिक सेवा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।