E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
कैलालीको नहरमा डुबेर बेपत्ता भएकी ९ वर्षीया बालिकाको शव फेला

कैलाली — कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित रानीजमरा कुलरिया सिचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता भएकी एक बालिकाको शव फेला परेको छ।
प्रहरीका अनुसार सोमबार नहरमा नुहाउने क्रममा बेपत्ता भएकी ९ वर्षीया खुसी वादीको शव मंगलबार बिहान फेला परेको हो। उनको शव विद्युत इन्टेकमा अड्किएको अवस्थामा भेटिएको र परीक्षणका लागि टिकापुर अस्पताल पठाइएको जानकारी दिइएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ। स्थानीयवासीले नहर क्षेत्रमा सुरक्षाको अभाव रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।