E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

रास्वपाको महाधिवेशन फागुन ७–९ मा चितवनमा सातै प्रदेशमा इन्चार्ज तोकियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा इन्चार्ज तोकेसँगै आगामी राष्ट्रिय महाधिवेशनको मिति र स्थान निर्धारण गरेको छ। बिहीबार पार्टी मुख्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले फागुन ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो।

यसअघि वैशाखमा महाधिवेशन गर्ने भनिए पनि संशोधित क्यालेन्डर अनुमोदन गर्दै फागुनमा सारिएको हो। पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार, सांगठनिक तयारीलाई ध्यानमा राखी नयाँ मिति तय गरिएको हो।

बैठकले प्रदेश इन्चार्जहरू निम्नानुसार तोकेको छ:

– कोशी प्रदेश – सन्तोष परियार
– मधेश प्रदेश – मनिष झा
– बागमती प्रदेश – लिमा अधिकारी
– गण्डकी प्रदेश – शिशिर खनाल
– लुम्बिनी प्रदेश – विपिन आचार्य
– कर्णाली प्रदेश – गणेश पराजुली
– सुदूरपश्चिम प्रदेश – हरि ढकाल

रास्वपाले २०८२ सालको आश्विनसम्ममा वडा अधिवेशन,कार्तिकसम्ममा पालिका अधिवेशन,मङ्सिरसम्ममा जिल्ला अधिवेशन, र माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ।

पार्टीले सांगठनिक मजबूती र आगामी महाधिवेशनलाई सफल बनाउन चरणबद्ध रूपमा अधिवेशनहरू सम्पन्न गर्ने योजना बनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!