सत्ता साझेदारबीच कुनै समस्या छैन : गृहमन्त्री रमेश लेखक

पोखरा — गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले नेकपा एमाले र नेपाली कांग्रेसबीचको सत्ता साझेदारीमा कुनै समस्या नभएको स्पष्ट पारेका छन्।
आज पोखरामा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री लेखकले वर्तमान सत्ता गठबन्धन मजबुत रहेको बताउँदै सरकार नढल्ने दाबी गरे। दुई पार्टीका बीचमा कुनै समस्या छैन, मन्त्री लेखकले भने,कतिपयले सरकार ढल्छ भन्ने हल्ला चलाउँछन्, तर सरकार ढल्दैन।
हालै नेपाली कांग्रेसकै केही पदाधिकारीहरूले सरकारको कामकारबाहीप्रति प्रश्न उठाइरहे पनि मन्त्री लेखकले ती सबै आन्तरिक बहसको हिस्सा भएको जनाए।
साथीहरूले सरकार ढल्छ–ढल्छ भन्नुहुन्छ अनि हामीले ढल्दैन है भनेर प्रष्टीकरण दिनुपरेको छ उनले भने सत्ता साझेदार दलबीच आपसी समझदारी कायम छ र सरकार स्थिर छ।
उनको यो अभिव्यक्ति सत्ता गठबन्धनको भविष्यबारे उठेका शंका र राजनीतिक अड्कलबाजीबीच आएको हो।