E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

लमजुङमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय

लमजुङ — लमजुङको बेँसीसहर नगरपालिका–८ मा बाटो खन्ने क्रममा भेटिएको शंकास्पद वस्तुलाई आज बिहान नेपाली सेनाले सुरक्षित रूपमा निष्क्रिय पारेको छ।

जिल्ला प्रहरी कार्यालय, लमजुङका अनुसार कार्यालयबाट करिब ५० मिटर पूर्व जेसीबी प्रयोग गरी बाटो खन्ने क्रममा गाडिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको थियो। तत्काल घटनास्थल सुरक्षित गर्दै प्रहरीको समन्वयमा नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको थियो।

सेनाको टोलीले बिहानै घटनास्थलमा पुगेर उक्त वस्तुलाई नियन्त्रित तरिकाले निष्क्रिय पारेको प्रहरीले जानकारी दिएको छ। वस्तु के थियो भन्नेबारेमा विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। घटनामा कुनै मानविय क्षति भने भएको छैन।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, लमजुङले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!