E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट सुरु हुने

काठमाडौं – कक्षा १२ को परीक्षा अब आगामी वैशाख २१ गते देखि सञ्चालन हुने भएको छ। यसअघि पर्सि (वैशाख ११ गते) बाट सुरु हुने भनिएको परीक्षा शिक्षकहरूको आन्दोलनका कारण केही दिन पछि सरेको हो।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाको नयाँ मिति तोकिएको पुष्टि गरेका छन्। यद्यपि परीक्षाको विस्तृत तालिका भने भोलि मात्र सार्वजनिक हुने भएको छ। तालिका तयार पार्ने निर्णय बोर्डको बैठकबाट गरिनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सचिव दीपक काफ्ले र परीक्षा बोर्ड अध्यक्ष शर्मासँग बालुवाटारमा मंगलबार साँझ भेट गरी परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार परीक्षा सारिएको हो।

यसअघि बोर्डले वैशाख ११ गतेबाट नै परीक्षा गर्ने अडान लिएको थियो र सबै संयन्त्र प्रयोग गरेर परीक्षा सञ्चालन गर्ने तयारी समेत गरिरहेको थियो। तर शिक्षकहरूको जारी आन्दोलनका कारण परीक्षा स्थगन गरिएको बोर्ड स्रोतले जनाएको छ।

परीक्षार्थीहरूलाई परीक्षा तालिका र तयारीका सम्बन्धमा आवश्यक जानकारी भोलि बोर्डको आधिकारिक सूचना मार्फत दिइनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!