E-Paperशीर्ष समाचारस्थानीय समाचार

डोटी मिनी ट्रक दुर्घटना अपडेट ३ जनाको मृत्यु

बैतडी : डोटीमा बुधवार बिहानै मिनि ट्रक दुर्घटना भएको छ। दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ।

धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३४२८ नम्बरकोे खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका-१ गोल्डेनमा बिहान ६ बजेर ५ मिनेटमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा मिनिट्रक चालक बझाङको बुङ्गल नगरपालिका-२ बस्ने ३३ वर्षको अर्जुन धामी, ३४ वर्षीय उज्वल जाग्री र ४० वर्षीय जगत धामी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मिनिट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको जनाइएको छ। तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!