E-PaperNepalराजनीतिशीर्ष समाचार

रवि लामिछानेको गिरफ्तारी सरकारको कुण्ठा र प्रतिशोध सहप्रवक्ता मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेको गिरफ्तारीलाई सरकारले प्रदर्शन गरेको कुण्ठा र प्रतिशोधको रूपमा व्याख्या गरेको छ। पार्टीका सहप्रवक्ता मनिष झाले शनिबार पोखरामा भएको विरोध प्रदर्शनको क्रममा पत्रकारहरूसँग कुरा गर्दै लामिछानेको गिरफ्तारी सहकारीको समस्याबारे ध्यान नदिएको र सरकारको गलत प्राथमिकताको संकेत भएको बताए।

प्रहरीले गोर्खा मिडिया प्रालिमा सहकारीको रकमको अपचलनको संलग्नता भएको आरोपमा लामिछानेलाई पक्राउ गरेको हो। उनले भने, “सरकारले केवल ६५ करोडको विषयलाई मात्र उछालेको छ, जबकि ४० वटा सहकारीबाट ८७ अर्ब रुपैयाँको अपचलन भएको कुरा समग्रमा देखिएको छ।”

मनिषले रविको गिरफ्तारीलाई प्रधानमन्त्रीको कुण्ठा मात्र भन्दै सरकारलाई सहकारी समस्यालाई समग्रमा हेर्नका लागि आग्रह गरे। उनले रास्वपा कानूनी रूपमा सहयोग गर्न तयार रहेको र यदि कुनै सुनियोजित बदमासी भयो भने चुप लागेर बस्न नहुने बताएका छन्।

यस बीचमा, रास्वपा समर्थकहरूले रविको गिरफ्तारीको विरोधमा पोखरामा प्रदर्शन गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!