E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

युटुबलाई अनलाइन सञ्चार माध्यमको मान्यता

काठमाडौं — युटुब लगायतका इन्टरनेटमा आधारित प्लेटफर्महरूलाई अनलाइन सञ्चार माध्यमको मान्यता दिन सरकारले ल्याएको विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ।

मंगलबार प्रतिनिधि सभाले पारित गरेको केही नेपाल ऐन संशोधन विधेयकले छापाखाना तथा प्रकाशन ऐन, २०४८ मा संशोधन गरी अनलाइन सञ्चार माध्यमको स्पष्ट परिभाषा समेटिएको छ। अबदेखि समाचार, सूचना, विचार, तस्बिर, श्रव्य तथा श्रव्यदृश्य सामग्री इन्टरनेटमार्फत प्रकाशित वा प्रसारित गर्ने संस्थाहरू अनलाइन सञ्चार माध्यमको रूपमा कानुनी रूपमा मान्यता पाउने छन्।

संशोधित ऐनको दफा २ मा (च१) थपेर अनलाइन सञ्चार माध्यम को परिभाषा यस्तो दिइएको छ —
इन्टरनेटको माध्यमबाट संकेत, चिह्न, आवाज, ग्राफिक्स, भिडियो, एनिमेशन तथा मल्टिमिडियाको प्रयोगमार्फत सन्देशमूलक वा विषयगत विचार, सूचना तथा समाचार, तस्विर, श्रव्य, श्रव्यदृश्यको रूपमा उत्पादन, प्रकाशन, प्रसारण वा वितरण गर्ने संस्था वा माध्यम।

यो विधेयक २०८० साल वैशाख २६ गते प्रतिनिधि सभामा दर्ता गरिएको थियो। त्यसपछिको प्रक्रिया पूरा गरी अहिले प्रतिनिधि सभाबाट पारित भइसकेको छ। अब विधेयक राष्ट्रिय सभामा पठाइनेछ। त्यहाँबाट पारित भएपछि प्रतिनिधि सभामार्फत राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेश गरिनेछ। राष्ट्रपतिको प्रमाणीकरणपछि यो ऐनको रूपमा लागू हुनेछ।

यस प्रावधानबाट युटुब जस्ता डिजिटल प्लेटफर्महरूलाई नियमन तथा मान्यता दिने बाटो खुलेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!