E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार
सर्वोच्च अदालतले रेशम चौधरीलाई थुनामुक्त गर्न दोस्रो पत्र पठायो

काठमाण्डौ – सर्वोच्च अदालतले पूर्वसांसद रेशम चौधरीलाई थुनामुक्त गर्नका लागि कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार, यसअघि चौधरीलाई पक्राउ गर्न जारी गरिएको पत्र आधिकारिक नभएको ठहर गर्दै अदालतले आन्तरिक छानबिन पश्चात् उक्त पत्र कार्यान्वयन नगर्न निर्देशन दिएको हो। कुइँकेलले भने त्यो पत्र प्रक्रियागत रूपमा त्रुटिपूर्ण रहेको पाइएको छ त्यसैले हामीले पुनः पत्र पठाएर रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न भनिएको छ।
यसअघि सर्वोच्च अदालतको फैसलाले चौधरीको सजाय खारेज गरी उनलाई निर्दोष ठहर गरेको थियो। त्यसपछिको प्रक्रियामा चौधरीलाई जेलमुक्त गर्न ढिलाइ भएको भन्दै सर्वत्र आलोचना भएको थियो।