E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

सुनसरीमा सशस्त्र प्रहरीको ठुलो सफलता ७८३ किलो गाँजा सहित ट्रक र २ जना पक्राउ

सशस्त्र प्रहरी बलले सुनसरीमा ७८३ किलो गाँजा सहितको ट्रक नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीको १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले धरान–१३ निशाने डाँडास्थित कोशी लोकमार्गमा शंका लागेर जाँच गरेको ट्रकबाट उक्त परिणामको गाँजा बरामद गरेको हो।

भेडेटारबाट धरानतर्फ आइरहेको नम्बर प्लेट नभएको ट्रक जाँच गर्दा ना ७ ख २८१ नम्बरको प्लेट फेला परेको थियो। प्रहरीले ट्रक चालक सुनसरीका ३१ वर्षीय मनोज परियार र सहचालक धनकुटाका १८ वर्षीय आकाश राईलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई गाँजा र ट्रकसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ।

यसअघि बुधबार बिहानमात्रै सशस्त्र प्रहरी बल विपद व्यवस्थापन बेस धनकुटाले ४२१ किलो गाँजा सहित कार पनि नियन्त्रणमा लिएको थियो।

थप अनुसन्धान प्रहरीले अघि बढाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!