E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

जन्मदिनको अवसरमा भट्टराईले गरे स्मार्ट टिभी र कार्पेट सहयोग

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा रहेको सहिद स्मृति माध्यमिक विद्यालयमा समाजसेवी बुद्धिजीवी जन्मजय भट्टराईले आफ्नो जन्मदिनको अवसर पारी विद्यालयमा सहयोग गरेका छन्। उनले विद्यालयमा एउटा स्मार्ट टिभी र कार्पेट सहयोग गरेका हुन । भट्टराईले आगामी दिनमा पनि विद्यालयमा सहयोग गर्ने वाचा गरेका छन्।

विद्यालयमा सहयोग गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश प्रसाद ढकालले धन्यवाद समेत व्यक्त गर्नुभयो । अध्यक्ष ढकालले गरिब जेहनदार विपन्न वर्गका विद्यार्थीहरू अध्ययन गर्ने यस विद्यालयमा सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो । उहाँले विद्यालयको छेउमै रहेको एकता नगर शिविरबाट बलचरको बादी समुदायबाट पनि विद्यार्थीहरू पढ्न आएको कुरा बताउनुभयो । अध्यक्ष ढकालले गतवर्ष विद्यालयमा ५०० बढी विद्यार्थी भर्ना भएको र ४०० बढी विद्यार्थीहरूको हाराहारीमा विद्यालय पढ्न आएको कुरा बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!