E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार
कैलालीबाट लागू औषध खैरो हिरोइन सहित एकजना पक्राउ

कैलालीबाट लागू औषध खैरो हिरोनी सहित एकजना पक्राउ परेका छन्। जिल्लाको टिकापुर नगरपालिका वडा नम्बर ९ खक्रोला स्थित चेकपोस्टबाट इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ खैरीफाटा बस्ने १८ वर्षीय चेतन खड्कालाई भारतबाट नेपालतर्फ पैदल रुपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट लागू औषध फेला पारेको हो।
प्रहरीले शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट पाँच ग्राम ३२० मिलिग्राम लागूसत खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी बरामद गरिएको हो। उनीमाथि इलाका प्रहरी कार्यालय टिकापुरको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको छ।