E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

राष्ट्रिय सभामा आइतबार दलित अधिकार र विधेयकमाथि छलफल हुने

काठमाडौं – राष्ट्रिय सभाको आइतबार बस्ने बैठकमा दलित समुदायको अधिकारसम्बन्धी प्रतिवेदनमाथि छलफल हुने भएको छ। बैठक दिउँसो १२:१५ बजेका लागि बोलाइएको छ। बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

त्यसैगरी राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० र भन्सार विधेयक २०८० का सन्देशहरू सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

बैठकमा दलित समुदायको अधिकार सुनिश्चितता कानुनी संरचना सुदृढीकरण तथा विधेयकहरूमार्फत सुशासन प्रवर्द्धनसम्बन्धी विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!