E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

धादिङमा वृद्धमाथि खुकुरी प्रहार एक व्यक्ति पक्राउ

धादिङको निलकण्ठ नगरपालिका-९ स्थित नियालपानीमा ८८ वर्षीय जगनाथ लम्सालमाथि खुकुरी प्रहार भएको छ। स्थानीय ६२ वर्षीय बाबुकाजी लम्सालले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

घटनामा गम्भीर चोट लागेको लम्साललाई उपचारका लागि जिल्ला अस्पताल धादिङबेंसी लगिएको थियो, तर अवस्था जटिल बनेपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंको शिक्षण अस्पताल पठाइएको छ।

खुकुरी प्रहार गर्ने बाबुकाजीलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ। यस घटनाको कारण खुल्न सकेको छैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!