दुर्घटना अपडेट: सुर्खेत–दैलेख सीमास्थित भीषण गाडी दुर्घटनामा ४ जनाको मृत्यु, दर्जनौं यात्रु घाइते
रातानाङ्ग्ला दुर्घटना अपडेट चार जनाको मृत्यु
सुर्खेत, वीरेन्द्रनगर–१४, रातानाङ्ग्ला नजिक शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको फोर्स गाडी दुर्घटनामा परेर गहिरो भिरमा खसेको छ। घटनास्थलमा प्रारम्भिक उद्दारपश्चात् कर्णाली प्रदेश अस्पतालमा उपचार गराइँदै गर्दा चार जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु भएका व्यक्तिहरूमा दुई पुरुष र दुई महिला रहेका छन्, जसको पहिचान हुन सकेको छैन।
दुर्घटनामा ३१ जना यात्रु घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको सूची र उनीहरूको अवस्था निम्नानुसार छ:
1. चन्द्र मल्ल (२८ वर्ष, दैलेख नारायण न.पा.४) – हात खुट्टामा चोट, अवस्था मध्यम
2. जगत कुमारी बिष्ट (२८ वर्ष, दैलेख भैरवी गा.पा.३) – हात खुट्टामा चोट, अवस्था मध्यम
3. स्माइल आचार्य (२ वर्ष, जगत कुमारी बिष्टको छोरा) – हात खुट्टामा चोट, अवस्था सामान्य
4. स्मारिका आचार्य (६ वर्ष, जगत कुमारी बिष्टको छोरी) – हात खुट्टामा चोट, अवस्था सामान्य
5. राजन थापा (१२ वर्ष) – हात खुट्टामा चोट, अवस्था मध्यम
6. प्रकाश बिष्ट (२१ वर्ष) – हात खुट्टामा चोट, अवस्था मध्यम
7. चन्द्रा रावत (२६ वर्ष, दैलेख दुल्लु न.पा.१२) – हात खुट्टामा चोट, अवस्था मध्यम
8. सन्दिप रावत (७ वर्ष, चन्द्रा रावतको छोरा) – हात खुट्टामा चोट, अवस्था मध्यम
9. सम्झना भण्डारी (२२ वर्ष, दैलेख भैरवी गा.पा.१) – टाउको र ढाडमा चोट, अवस्था मध्यम
10. युनिक बिष्ट (१८ महिना, सम्झना भण्डारीको छोरा) – हातमा चोट, अवस्था सामान्य
11. चन्द्रा रावत (१० वर्ष) – हात खुट्टामा चोट, अवस्था मध्यम
12. सुजता रावत (१९ वर्ष, दैलेख दुल्लु न.पा.६) – हात खुट्टामा चोट, अवस्था मध्यम
13. बिहानी के.सी. (९ वर्ष) – टाउकोमा चोट, अवस्था गम्भीर
14. नाम नखुलेको बालिका (१५ महिना) – हातमा चोट, अवस्था सामान्य
15. कृष्णा थापा (३४ वर्ष, सुर्खेत बिरेन्द्रनगर न.पा.८) – हात खुट्टा र टाउकोमा चोट, अवस्था मध्यम
16. राजन थापा (४ वर्ष, कृष्णा थापाको छोरा) – हात खुट्टामा चोट, अवस्था सामान्य
17. अबिक्षा थापा (११ वर्ष, कृष्णा थापाको छोरी) – हात खुट्टामा चोट, अवस्था सामान्य
18. तुल्सी थापा (१८ वर्ष, दैलेख भैरवी गा.पा.१) – टाउकोमा चोट, अवस्था गम्भीर
19. लाल कुमारी बिष्ट (२३ वर्ष, दैलेख भैरवी गा.पा.२) – हात खुट्टामा चोट, अवस्था मध्यम
20. पुष्पा खड्का (२२ वर्ष) – हात खुट्टामा चोट, अवस्था मध्यम
21. बालाराम रेग्मी (२५ वर्ष, दैलेख नारायण न.पा.४) – टाउकोमा चोट, अवस्था मध्यम
22. सोबण शाही (२५ वर्ष, दैलेख महाबु गा.पा.३) – हात खुट्टामा चोट, अवस्था मध्यम
23. घनश्याम बिष्ट (१७ वर्ष, दैलेख भैरवी गा.पा.२) – टाउकोमा चोट, अवस्था मध्यम
24. प्रकाश बुढा (२० वर्ष, दैलेख महाबु गा.पा.३) – हात खुट्टामा चोट, अवस्था सामान्य
25. रमा बिष्ट (३१ वर्ष, दैलेख भैरवी गा.पा.१) – हातमा चोट, अवस्था सामान्य
26. कमला बिष्ट (२० वर्ष, दैलेख महाबु गा.पा.३) – टाउकोमा चोट, अवस्था मध्यम
27. हरी रावल (१६ वर्ष, दैलेख महाबु गा.पा.३) – हातमा चोट, अवस्था सामान्य
28. सुजता खत्री (२७ वर्ष, दैलेख भैरवी गा.पा.१) – छाती र हात खुट्टामा चोट, अवस्था मध्यम
29. सौगात मल्ल (२१ वर्ष, सुर्खेत बिरेन्द्रनगर न.पा.३) – टाउकोमा चोट, अवस्था मध्यम
30. कमल नेपाली (३० वर्ष, दैलेख भैरवी गा.पा.५) – टाउकोमा चोट, अवस्था गम्भीर
31. सुरेश के.सी. (अ. ३८/४० वर्ष) – टाउको र शरीरको विभिन्न भागमा चोट, अवस्था गम्भीर
दुर्घटनाको कारण गाडी मोडमा स्कारपियोसँग ठोक्किँदा अनियन्त्रित भएर भिरमा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।