E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार
खोटाङमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ माथिल्लो चिचिङ्गामा श्रीमानको हत्या अभियोगमा श्रीमती रेनुका राईलाई प्रहरीले पक्राउ गरेको छ। ५३ वर्षीया रेनुकाले घरायसी विवादको क्रममा कोदालोको पासो प्रहार गर्दा ५१ वर्षीय श्रीमान् पाँचकर्ण राई गम्भीर घाइते भएका थिए। घटनापछि प्रहरी चौकी अर्खैलेबाट पुगेको टोलीले रेनुकालाई पक्राउ गरेको हो।
गम्भीर घाइते भएका पाँचकर्णको काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।