E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार
जनताको करबाट तलब लिन नमिल्ने भन्दै सांसद गीता गुरुङको राजीनामा

लुम्बिनी — लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन्। जनमत पार्टीकी समानुपातिक सांसद गुरुङले सोमबार सभामुखलाई पत्र पठाउँदै आफ्नै इच्छाले पद त्यागेको जनाएकी हुन्।
राजीनामा पत्रमा उनले लेखेकी छन् राष्ट्र र जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो। जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त ठानिनँ। त्यसैले आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु।
यता जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ताले गुरुङले सभामुखलाई राजीनामा पत्र पठाएको पुष्टि गरेका छन्। उनले भने उहाँको राजीनामा स्वीकृत गर्न सभामुखलाई अनुरोध गरिसकेका छौं। गीता गुरुङको यस्तो कदमप्रति जनप्रतिनिधिको जिम्मेवारीप्रतिको चेतना र संवेदनशीलता देखिएको विश्लेषण हुन थालेको छ।