E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

ब्रेन ट्युमरका पीडित पत्रकार फणिदेव महतको निधन

रौतहट — वरिष्ठ पत्रकार फणिदेव महतको निधन भएको छ। ब्रेन ट्युमरका कारण लामो समयदेखि उपचाररत ४८ वर्षीय महतको गए राति काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको हो।

महत दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका थिए। उनी अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका रौतहट संवाददाता थिए। साथै, चन्द्रनिगाहपुरमा सञ्चालित रेडियो सुप्रिम र अनलाइन पोर्टल कलमपाटी डटकमका सञ्चालक समेत रहेका थिए।

उनी प्रेस चौतारी नेपालको मधेस प्रदेश अध्यक्षका रूपमा पनि क्रियाशील थिए।

महतका श्रीमती, दुई छोराछोरी रहेका छन्। उनको पार्थिव शरीर चन्द्रपुर नगरपालिकास्थित निवासमा राखिएको छ। पारिवारिक स्रोतका अनुसार महतको आजै अन्त्येष्टि गरिनेछ।

पत्रकार महतको निधनले नेपाली पत्रकारिता जगतले एक कर्मठ र अनुभवी पात्र गुमाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!