E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
लामेआहालमा माइक्रोबस दुर्घटना ३ जनाको मृत्यु

पोखरा – पृथ्वी राजमार्ग अन्तर्गत पोखरा-३२ स्थित लामेआहालमा आज बिहान एक इलेक्ट्रिक माइक्रोबस दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन्।
काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको ग१ज ८६३० नम्बरको माइक्रोबस सडकको पेटीमा गएर पल्टिएको हो। जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेका अनुसार दुर्घटनामा चालकसहित ८ जना घाइते भएका थिए। घाइतेमध्ये ४ जनालाई तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो जहाँ उपचारको क्रममा ३ जनाले ज्यान गुमाएका छन्।
बाँकी घाइतेहरूलाई पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले थप अनुसन्धान थालेको छ।